काठमाडौँ, असोज २४ । सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । मल्लले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई आफू इटालीको नागरिक डा।राबेया हिकोल भन्ने विश्वास दिलाइ माया प्रेममा परेको भ्रममा पार्थिन् । त्यसपछि आईफोन, सुन…