जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् । जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् । मुख्यमन्त्री सिंह प्रतिष्ठानका कुलपति समेत हुन् । मुख्यमन्त्री सिंहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको…