काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई उपस्थित हुन पत्र काटेको छ ।
बुधबार अख्तियारले महर्जनलाई असार २६ गते १० बजे उपस्थित हुन पत्र काटेको हो । महर्जन विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनले धापाखेल २४ मा बाढीपीडितलाई एक लख पचास हजार र दुई लाख पचास हजार एकलौटी रुपमा आर्थिक सहयोग गरेको आरोप छ ।
बुधबार महर्जनले आयोगका आयुक्तको घरमा डोजर चलाएका थिए । गुठीको जग्गा मिचेर संरचना बनाएपछि महानगरले भत्काएको थियो । महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको आयुक्त डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको थियो ।



प्रतिक्रिया