काठमाडौँ । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन्…