काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन्। राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाको आरोप छ। पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको कारण…