धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसाो साढे ३ बजे पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दैछन्। मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्रीसँगै एमाले, कांग्रेस र नागरिक उन्मुक्तिबाट सहभागी हुने मन्त्रीले पनि सपथ ग्रहण गर्नेछन्। सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले सुदूरपश्चिमको मन्त्रिमण्डलमा जाने मन्त्रीहरूको टुंगो लगाएको छ। नेपाली कांग्रेसका बहादुर सिंह थापा र मेघराज खड्का…