काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेको छ । २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएकाले सोमबारलाई बैठक सारिएको हो । आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ । सङ्घीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्ति जारी गरेर बैठक सारिएको जानकारी गराएका छन् ।