काठमाडौं, ८ कार्तिक । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले हिजो सूचना निकालेर धुलिखेल–भकुण्डेबेँसी सडक खण्डमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने जनाएको हो । यसअघि असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म…