काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने भएका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट उनले सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्नेछन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका काम कारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात…