मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत

प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत

न्यूजस्टोरी

काठमाडौं, १७ कार्तिक । काठमाण्डौ महानगरको प्रहरी बलले सजावटका लागि प्रयोग गरिएका प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको विक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा महानगरले रोक लगाइएको छ ।

नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टङ्केश्वरी क्षेत्रका ३२ वटा पसल सटरप्रहरी बलले चावहिल, बौद्ध, बानेश्वर, कलङ्की, कालीमाटीसहित सहरका व्यापारिक क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ ।

अनुगमनकै क्रममा यसअघि कोटेश्वरबाट आयातित विदेशी फूलका माला नियन्त्रणमा लिएको थियो । त्यस्तै पर्वलक्षित स्वदेशी फूल व्यापारका लागि महानगरपालिकाले तोकेका ठाउँमा उपभोक्ताको घुइँचो छ ।