मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी

सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी

न्यूजस्टोरी

सर्लाही, १७ कार्तिक । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ किसुन दासको घरमा नरेश साहले चलाउँदै आएको किराना पसलमा गएराति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

आगो सुरक्षाकर्मी, स्थानीयबासिन्दा र हरिवन नगरपालिकाको दमकलको सहयोगमा दुई घण्टाको प्रयासमा निभाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।