काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा ८८ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनायो । रवि बोपाराले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा रेमन राइफर, बास डे लिडे र बिपिन…