मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ

न्यूजस्टोरी

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेर छुटेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, त्रिपाठीले पेस गरेको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले सो रिट प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरेका थिए ।

जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।