मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

न्यूजस्टोरी

मलेखु । धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा हुँदा सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।