काठमाडौं । लोकसेवा आयोगले संघीय निजामती सेवामा मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको अवधि तीन वर्ष राख्न प्रस्ताव गरेको छ । आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । हाल मुख्य सचिवको अवधि तीन वर्ष र सचिवको पाँच वर्ष रहेको छ । त्यस्तै आयोगले…