काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारसँग सम्बन्धित फाइलहरू खोलेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो त्यस विषयमा छलफल गर्नुपर्ने बताएका हुन् । ‘एक जना पूर्वप्रधानमन्त्री यहाँ हुनुहुन्छ, अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा उपस्थित हुनुहुन्छ । अर्का एक…