काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएका छन् । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन् । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनी समेत उनले दिए ।…