काठमाण्डौ । पर्सि शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदैछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने उहाँको भनाइ छ ।…