काठमाडौं, १२ फागुन । नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् । पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए…