काठमाण्डौ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् । समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका…