काठमाडौं । भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ अलर्ट जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको छ । अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ । त्यहाँको…