मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार बेलुकीदेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खुल्यो

सोमबार बेलुकीदेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खुल्यो

न्यूजस्टोरी

काठमाडाैं । सोमबार बेलुकादेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा सयौँ गाडी र यात्रु रोकिएका थिए ।

\\