धादिङ । काठमाडौं छिर्ने मुख्य नाका पहिरोका कारण अवरुद्ध भएको छ। नौबिसे-नागढुंगा सडकखण्डमा लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध बनेपछि काठमाडौं आउने यात्रुहरू अलपत्र परेका छन्। धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठले बताए। उनका अनुसार लुम्बिनी प्रदेश ०१००१ज०००५ नम्बरको स्कार्पियो लेदोमै फसेको छ।
ठूलो मात्रामा लेदो थुप्रिएकाले यातायात सञ्चालनका लागि पाँच घन्टा बढी समय लाग्ने प्रहरीको भनाइ छ।


प्रतिक्रिया