मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना, १ जना घाइते

मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना, १ जना घाइते

न्यूजस्टोरी

धनकुटा । मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। प्रदेश नं १-०२-००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका-६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो। बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका- १० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। 

उनको स्थानीय क्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ। धनकुटाको छथरजोरपटी गाउँपालिका-६ मझुवाका ४६ वर्षीय चालक हरी बहादुर कटुवाललाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा लिएको छ।