मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तापक्षकै सांसदको प्रश्न– मूल्यबृद्धिको कारण के हो, सरकार किन नियन्त्रणमा काम गर्दैन ? 

सत्तापक्षकै सांसदको प्रश्न– मूल्यबृद्धिको कारण के हो, सरकार किन नियन्त्रणमा काम गर्दैन ? 

न्यूजस्टोरी

काठमाडौं । सत्ता पक्षकै सांसदले अस्वभाविक रूपमा बजार भाउ बढिरहेको र सरकारले नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै प्रश्न उठाएका छन् । 

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मूल्य बृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।  बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा अर्थसमितिको सभापति समेत रहेका चालिसेले मूल्यबृद्धिको ठोस कारण नहुँदा समेत भइरहेको मूल्यबृद्धिले नेपालीको भान्सा महंगो भएको र आम्दानीले धान्न नसक्ने अवस्था बनिरहेको बताए । 

“यस्तो अवस्थाको नियन्त्रण गर्नेतर्फ सरकारले किन उचित कदम चालेको छैन ?,” चालिसेले भने ।