मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्करीको लत्ता कपडा सहित मोटरसाईकल सशस्त्र प्रहरीको नियन्त्रणमा

तस्करीको लत्ता कपडा सहित मोटरसाईकल सशस्त्र प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छतकुली
वीरगंज, ३२ साउन ।
सशस्त्र प्रहरी बल विओपी बरैनिया बाराले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको दुई लाख रुपैया बराबरको अबैध लत्ता कपडा सहित मोटर साईकल नियन्त्रणमा लिएको छ । शुक्रबार दिउसो भारतबाट अबैध रुपमा भन्सार छलेर तस्करहरुले नेपाल भित्रयाउदै गरेको लत्ता कपडा सहित मोटरसाईकल सशस्त्र प्रहरी बल विओपी बरैनिया बाराले नियन्त्रणमा लिएको हो ।

बाराको फेटा गाउँपालिका राजवटिया गाउँबाट तस्करहरुले मोटरसाईकलमा कपडा भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी बरैनियाका सशस्त्र प्रहरी नायव निरिक्षक नबिन खडकाको कमाण्डमा रहेकोे टोलीलाई देख्ना साथ मोटर साईकल र मोटर साईकलमा रहेको लत्ता कपडा छाडेर भागे पछी नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध लत्ता कपडामा कुर्ता शुरुवाल, साडी, ब्लाउजको कपडाहरु मोटर साईकल सहित रहेको र उनीहरुको अन्दाजी बजार मुल्य करिव दुई लाख रुपैया बराबरको सामानहरु रहेको सशस्त्र प्रहरीको बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रकाश आर्चायले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त सामान बीरगंज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरी निरिक्षक आचार्यले बताउनुभयो ।