शेखर छतकुली
वीरगंज, ३२ साउन ।
पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध चरेश र गाँज सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रवार लागु औषध गाँजाको धुलो २ सय ५७ केजी र चरेश १ सय ९२ के जी गरी ४ सय ८९ के जी सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध सहित पक्राउ पर्नेमा पर्साको कालिकामाई गाऊपालिका वडा १ मुडली बस्ने फुलसरिफ मियाँ रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलको अनुसार विभिन्न किसिमको लागू औषधहरुको ठुलो परिमाणमा खरिद बिक्री भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा पर्सा प्रहरी टोलीले पटेर्वा सुगौली गाऊपालिका वडा नम्बर ४ अकवा गाऊको बाँसघारीमा छापा हानि संकास्पद रुपमा लुकाई राखेको अवस्थामा मियाँलाई ३० किलो गाँजा सहित नियन्त्रणमा लिइ प्रारम्भिक सोधपुछ गर्दा पक्राउ परेका मियाले बाँसघारीमा खाल्डो खनी बोरा भित्र लुकाई छिपाई राखेको बताएका थिए ।

पक्राउ परेका मियाँलाई लागू औषध कसुरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिनुभयो ।
त्यसैगरी, पर्सा प्रहरीले श्रावण महिनामा मात्रै भन्सार छलि ल्याएको ८ करोड ३० लाख ३० हजार दुई सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
प्रहरीले साउन महिनामा मात्र नियन्त्रणमा लिएको सामानहरुमा लत्ताकपडा, हाडयेवर, ईलेक्ट्रिक चुरोट भेप, खाघान्न लगाएत रहेका छन् ।


प्रतिक्रिया