मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा तस्करीको आरोपमा महोत्तरीमा दुई जना भारतीय नागरिक पक्राउ

गाँजा तस्करीको आरोपमा महोत्तरीमा दुई जना भारतीय नागरिक पक्राउ

न्यूजस्टोरी

भारत । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित गएराति पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । पक्राउ पर्नेमा बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् । 

मिनी ट्रक  प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।