मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलोकनगरमा एक व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ

आलोकनगरमा एक व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं आलोकनगरमा एक व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिश मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षीय कुमार पण्डित र दार्चुला बाज घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका छन् । 

काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं आलोकनगर बस्ने केसीलाई खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले एक थान खुकुरीसमेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले थप अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।