मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दहचोक क्षेत्रमा ‘खुकुरी देखाई लुटपाट’, एकजना समातिए

दहचोक क्षेत्रमा ‘खुकुरी देखाई लुटपाट’, एकजना समातिए

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको दहचोक क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७  घर भई कंलकीमा बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् ।

दुईथान खुकुरी र गरगहनासहित शनिबार कंलकी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

केही व्यक्तिको समूहले चन्द्रागिरि नगरपालिका–१, दहचोक, कालुपाँडेमा खुकुरी देखाई लुटपाट भयो भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

एसपी अधिकारीका अनुसार, लुटपाट गरी तीनजनाको समूह नागार्जुनको हर्सनटार हुँदै कंलकीतर्फ आउँदै थियो । प्रहरीलाई देख्नासाथ उनीहरू भागेका थिए । एकजनालाई भने पक्राउ गर्न सफल भएको उनले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।