शेखर छतकुली
वीरगंज, ६ साउन । सशस्त्र प्रहरी बल नेपालले अवैधरुपमा भन्सार छलेर भित्रिएका ८२ थान मोबाइल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले भारतवाट लुकाई छिपाई नेपाल भित्राएको ८२ थान मोबाईलहरु सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले टाङ्गामा बसि आईरहेका तीनजना महिलाले लुकाई राखेको करिब २४ लाख रुपैयाँ बराबरको ८२ थान मोवाइल बरामद गरेको हो ।
नियन्त्रणमा लिइएका ८२ थान मोबाईल सहित बर्ष ३० को रंजना, बर्ष २२ को मोक्ता र बिजेता लाई पक्राउ गरी आवश्यक कारवाहिका लागि शनिवारनै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी रिजालले जानकारी दिनुभयो ।


प्रतिक्रिया