मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातारको ठूलो वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न, यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च

लगातारको ठूलो वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न, यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च

न्यूजस्टोरी

एजेन्सी । लगातारको वर्षाका कारण भारतको राजधानी दिल्ली जलमग्न भएको छ । यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँमा डुबान भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका बीबीसीले जनाएको छ । उहाँका अनुसार नदीमा अझै पानीको सतह बढिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो ।

सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो । सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ । नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।