मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या, कामदारहरू फरार 

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या, कामदारहरू फरार 

न्यूजस्टोरी

काठमाडौं । मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका-१ मा रहेको कुखुरा फार्मभित्र सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीका अनुसार मृतक बजगाईंको टाउको क्षतविक्षत अवस्थामा रहेको छ । घटनास्थलमा बञ्चरो र दाउ भेटिएको उनले बताए ।

प्रहरीका अनुसार बजगाईं बिहान ८ बजेतिर कुखुरा फार्ममा जान घरबाट हिँडेका थिए । कुखुरा फार्ममा एक दम्पती बस्ने गरेको र घटनापछि उनीहरू फरार भएका छन् । कुखुरा फार्मभित्र हत्या भएको र काम गर्ने दुवै जना फरार रहेकाले बजगाईंको हत्यामा कामदारकै संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका छ । फरार भएका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।