काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले असार २८ गते अगाडि नै राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘संसदीय दलको बैठकले सरकारलाई कुनै पनि निर्णय नगर्न सचेत गराएको छौं,’ बैठकपछि बर्तौलाले भने, ‘हामी प्रधानमन्त्रीलाई असार २८ गते अगाडि नै राजीनामा दिन पनि आग्रह गरेका छौं ।’
प्रधानमन्त्रीले राजीनामा नगरे असार २८ गते विश्वासको मत नदिने निर्णय गरेको पनि उनले बताए । १७ असारमा कांग्रेस र एमालेले नयाँ समीकरण बनाउने सहमति गरेका थिए ।एमालेले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री अल्पमतमा पुगेका छन् । तर राजीनामा नदिएका प्रधानमन्त्रीले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।


प्रतिक्रिया