मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

न्यूजस्टोरी

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शनिबारका लागि दलको बैठक बोलाएको हो ।संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले एमालेसँग सोमबार मध्यरातमा भएको सहमति अनुमोदन गरेको थियो ।