मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन

न्यूजस्टोरी

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उहाँको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

बैठकको अध्यक्षता गर्नु भएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिनुभयो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनु हुनेछ । यसअघि बैठकमा सदस्यहरूले आम नागरिकमा न्यायालयप्रतिको भरोसा र विश्वास टुटेको छ भन्ने गुनासोलाई कसरी लिनुभएको छ भनी प्रश्न गर्दै अदालतमा देखिएका विसङ्गति र विकृति निवारणका लागि यहाँको भूमिका र कार्ययोजना के हुन्छ भनी जिज्ञासा राखेका थिए ।

सदस्यहरुले अदालतमा पुगेका विषयवस्तुको निरुपण गर्ने सन्दर्भमा लामो समय लागेका कारण न्याय माग्न गएका नागरिक थप मारमा परिरहेको घटनाप्रति जवाफ मागेका थिए । सदस्यहरुको प्रश्नको जवाफमा कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर अदालतले काम गरिरहेको बताउनुभयो।

कामु प्रधानन्याधीश कार्कीले कतिपय मुद्दाका सन्दर्भमा जारी भएको अल्पकालीन आदेशलाई अनन्तकालीन बनाइनु हुन्न भन्नेमा अदालत स्पष्ट रहेको भन्दै कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने बताउनुभयो ।