मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामीलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

बिरामीलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

न्यूजस्टोरी

काठमाडौं । बिरामीलाई क्लिनिकमै बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक चिकित्सकलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ । डा.राम गोपाल नेम्कुललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो । महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा चलाउँदै आएका डा.नेम्कुलले फर्मामै एक स्थानीय महिलालाई बलात्कार गरेको उजुरी परेको थियो ।

आफुलाई लठ्याउने सुई लगाई बिरामी जाँच्ने बेडमा बलात्कार गरेको ती महिलाको उजुरी छ ।डा.नेम्कुलले भने जग्गा कारोबारको विषयमा ती महिलाले आफुलाई फसाएको दाबी गरेका छन् ।महिलासँग आफुले जग्गा खरिद गरेको र त्यसवापत थप पाँच लाख माग्दै आएकाले पैसा नदिदा फसाएको दाबी गरेका छन् ।

चीनबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका चिकित्सक नेम्कुल मिडाट र गणेशमान अस्पतालमा समेत काम गर्दै आएका छन् ।