मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्ध सम्झिँदै प्रचण्डले भने- मेरो जीवन त्यतिबेलै सरल थियो

जनयुद्ध सम्झिँदै प्रचण्डले भने- मेरो जीवन त्यतिबेलै सरल थियो

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेभन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको दाबी गरेका छन्।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। आफू जीवनको उत्तररार्द्धतिर लागे पनि रातदिन सक्रिय भएको बताए। ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तरार्द्धै हो। तर तपाईंहरुले देख्नु भएको छ म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन। अझ बढी खटेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो।’

अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको उनको जिकिर छ। बुद्धिजीवीलाई प्रचण्डको प्रश्न थियो, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईँहरुले किन सक्नुहुन्नरु’ कांग्रेस, एमालेसहितका दललाई मिलाउन संयोजनकारी भूमिका पनि आफैँले खेलेको उनको दाबी छ।