काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणदेखि छलफलसम्म आइपुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरीह देखिएका छन् । अब पुरानो ढर्राले चल्न सकिँदैन भनेर सत्ता गठबन्धनको कित्ता फेरे पनि उनले कार्यशैली फेर्न सकेका छैनन् । बरु संसदमा ‘लाचारी’ देखाउन थालेका छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्थाअनुसार बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । प्रधानमन्त्रीसँग प्रश्नोत्तरलाई सत्तापक्षका नेता र मन्त्रीहरूले बेवास्ता गरिदिए । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको सम्बोधनको पूरा समय बैठकमा बसेनन् । सबै मन्त्रीहरू पनि प्रधानमन्त्रीको सम्बोधनका क्रममा सदनमा थिएनन् । यसलाई प्रधानमन्त्री प्रचण्डले अवमूल्यन भनेका छन् । सांसदहरूको जवाफ दिइसकेपछि अन्तिममा प्रचण्डले भने, ‘सदनको परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष र प्रतिपक्षका पनि सबै नेताहरू, माननीयहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । तर, क्रमसस् अब त्यो पातलिन थालेको छ ।’
प्रधानमन्त्री बोलिरहेका बेला शीर्ष नेताहरू सदनमा थिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित उपप्रधानमन्त्री र केही मन्त्रीहरू आफूले बोल्दा संसद बैठकमा नदेखेपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ुयसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको होइन होला,’ उनले भने, ‘यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ ।’
प्रधानमन्त्रीको लाचारीपन त त्यतिबेला देखियो, जतिबेला उनले मन्त्रीहरूले नटेरेको बताए । उनले बजेट निर्माणको प्रक्रियामा सुधार गर्ने प्रयत्न भए पनि सफल हुन नसकेको बताए । ‘बजेट तर्जुमा प्रणालीमा कमी कमजोरी सुधारका लागि सरकार कटिबद्ध छ । चाहेजस्तो अझै हुन सकेन । यसका निम्ति हामी सबैले प्रयास गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘माननीय मन्त्रीज्यूहरूले पनि योजना निर्माण गर्दा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो र साना आयोजना भन्दाभन्दै पनि राखिएको छ । भोलि तपाईंहरू पनि मन्त्री हुनुहुन्छ । अरु पनि प्रधानमन्त्री हुनुहोला । त्यस कारण यो विषय परिमार्जन गर्न आवश्यक छ । म यसमा पूरै जे भएको छ विल्कुल ठीक भएको छ भन्ने पक्षमा त छैन । तर, प्रयास जारी छ ।’
उनले प्रधानमन्त्रीले सदनमा बोलिरहँदा आकस्मिकबाहेक कुनै पनि मन्त्री अनुपस्थित नहुने प्रचलन रहेको स्मरण गराए । २३ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूमा मन्त्रीहरू रवि लामिछाने, वर्षमान पुन, रेखा शर्मा, शक्तिबहादुर बस्नेत, दामोदर भण्डारी, पदम गिरी, बलराम अधिकारी र धनबहादुर बूढामात्रै थिए । बाँकी मन्त्रीहरू गयल थिए


प्रतिक्रिया