इलाम । एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ ।
देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। कुकुरको छाउराको ज्यान लिएपछि विरोध हुँदा उनीहरू तीनैजना भागेका थिए । उनीहरूलाई भागेको अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।
उनीहरूले कुकुरको खैरो रंगको एउटा छाउरोलाई लाठीले पटक पटक हानेर क्रूरतापूर्वक ज्यान लिएर खाडलमा पुरेका थिए। त्यसपछि उनीहरूले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि चर्को विरोध भएको थियो ।


प्रतिक्रिया