मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा अज्ञात समुहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु, सुरक्षा व्यवस्था फितलो

बारामा अज्ञात समुहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु, सुरक्षा व्यवस्था फितलो

न्यूजस्टोरी

बारा । बाराको कलैया उपमहानगरपालिका-५ स्थित राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समुहको गोलि प्रहारबाट घाईते भएका छन् ।

शुक्रबार साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २, खजुरियाका बासिन्दा कुशवाह सख्त घाइते हुनुभएको थियो । उहाँको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।्

घटनामा शंकास्पद एक जानलाई बारा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । गोली हान्ने समुहको बारा प्रहरीले खोजी तिब्र रुपमा गरी रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको बारा प्रहरीले जनाएको छ ।