मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टापछि खुल्यो

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टापछि खुल्यो

न्यूजस्टोरी

एजेन्सी । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गर्नु भएको हो । उहाँले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताउनु भएको छ ।

रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण र जिम्मेवार व्यक्तिको पहिचान समेत भएको दाबी गर्नु भएको छ । तर, यसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उहाँले सिग्नलमा त्रुटि हुनु दुर्घटनाको सम्भावित कारण भएको बताउनु भएको छ ।

गएको शुक्रवार भएको दुर्घटनामा दुई वटा रेलमा रहेका २ सय ७५ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् ।