काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका समर्थक बालुवाटारमै धर्ना दिएर बसेका छन् । उनीहरू बुधवार अपरान्ह बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिर धर्नामा बसेका हुन् । निशेधाज्ञा तोड्न लागेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि यसको झडपको स्थिति सिर्जना भएको थियो । पछि स्थिति सामान्य भएपछि धर्नामा बसेका हुन् ।
सन्दीपलाई टी–२० विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा ९प्रवेशाज्ञा० नदिएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका समर्थक बालुवाटारसम्म पुगेका हुन् ।


प्रतिक्रिया