काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता गठबन्धनको दुरी बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको छ । राष्ट्रपति पौडेलसँगको भेटमा संसदमा जारी गतिरोधका विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रचण्ड बिहान शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले संसद्को जारी गतिरोधबारे चासो राख्नुभएको थियो । प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनभयो । राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ


प्रतिक्रिया