काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले बताउनुभयो ।
शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताउनुभयो ।
उहांले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरू गर्ने निर्णय भएको जानकारी दिनुभयो
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरूबाट पार्टीलाई ठिक ठाउँमा पुर्याउन नसकेको जिकिर गर्नुभयो ।


प्रतिक्रिया