ट्राफिक प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्तासँगको विवाद जोडियो, ६ जना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीको विशेष टोलीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । घिमिरेले समेत लागूऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेकाले दाबी गरेका छन् ।
अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेका कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी भइरहेको परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहांकाअनुसार मध्यान्न १२ बजे परिसरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।


प्रतिक्रिया