काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने बताउनुभएको छ । उहांले अवरोध खुलाउन विभिन्न दलहरुसंग छलफलहरू गरिरहेको भन्दै भोलि बिहानसम्म एउटा टुंगोमा पुग्ने बताउनुभयो ।
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहांले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ। मलाई त्यहाँ जान ढिलो भइसकेको छ। मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु । सत्ता पक्षका दलहरूसँग छलफल गर्नुपर्ने भन्दै उहांले छोटो सम्बोधन गर्नुभएको हो ।


प्रतिक्रिया