काठमाडौ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका निकट सहयोगी बिभव कुमार पक्राउ परेका छन् । बिभव कुमारमाथि आम आदमी पार्टीकी नेतृ तथा राज्यसभा सांसद स्वाती मालीवाललाई मुख्यमन्त्रीको निवासमा कुटपिट गरेको आरोप लागेको छ । मिडिया रिपोर्टका अनुसार बिभव कुमारलाई मुख्यमन्त्री निवासबाटै हिरासतमा लिइएको हो ।
शुक्रबार स्वाती मालीवालले आफूमाथि भएको हिंसाको विषयमा दिल्ली प्रहरीमा एफआईआर दर्ता गरेकी थिइन् ।
यसपछि शुक्रबार नै केजरीवालका नजिकका सहयोगी बिभव कुमारले मुख्यमन्त्रीको निवासमा सुरक्षा उल्लंघन गरेको भन्दै दिल्ली प्रहरीमा उजुरी दिएका थिए, जसमा अहिलेसम्म एफआईआर दर्ता भएको छैन।


प्रतिक्रिया