मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी पक्राउ

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी पक्राउ

न्यूजस्टोरी

काठमाडौं । पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारी पक्राउ परेको जनाएको छ । उहाँलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सुरक्षा निकायले मजारी पक्राउ पर्नुको कारण खुलाएको छैन । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको थियो । गएको मङ्गलवार पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा प्रदर्शन भइरहेको छ।

पाकिस्तानको सर्वोच्च अदालतले हिजो खानको गिरफ्तारीलाई अवैध बताउँदै इस्लामाबाद उच्च अदालतमा पेस हुन भनेको थियो । उहाँ आज उच्च अदालतमा हाजिर हुने खबरमा उल्लेख छ।