मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरेल र हमासबीच शान्ति वार्ता : ४० दिन युद्धविराम गर्ने प्रस्ताव

इजरेल र हमासबीच शान्ति वार्ता : ४० दिन युद्धविराम गर्ने प्रस्ताव

न्यूजस्टोरी

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी काएरोमा इजरेल र हमासबीच शान्ति वार्ता सुरु भएको छ।

इजिप्ट र कतारको मध्यस्थतामा पुन सुरु भएको वार्ताका लागि हमासको वार्ता टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो।

अहिलेको वार्ता केही समयका लागि इजरेलको आक्रमण रोक्ने र हमासले बन्धक बनाएकाहरूलाई मुक्त गर्नेमा केन्द्रित देखिएको छ। तर युद्धविराम अस्थायी वा दिगो बनाउने विषय पेचिलो देखिएको छ।

हमासले युद्ध अन्त्यका लागि दिगो सहमतिको प्रतिबद्धता खोजे पनि इजरेल त्यसका लागि सहमत भएको छैन।

वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ।

अर्कोतर्फ, इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले वार्तामा सहमति भए वा नभए पनि रफाहमा आक्रमण गर्ने योजना कायमै रहने बताएका छन्।

इजरेलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने योजना बनाएको छ जहाँ १२ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन्।

गत अक्टोबर ७ मा हमासले इजरेलमाथी गरेको आक्रमणपछि सुरु भएको युद्धमा हालसम्म ३४ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अक्टोबर ७ मा हमासले कडा अवरोध तोडेर गरेको आक्रमणमा इजरेलमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगिएको थियो।